arrow

सञ्चारकर्मीहरुमाथि रास्वपाका कार्यकर्ताले गरे आक्रमण, घोर भर्सना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
rsp-attack-journalist.jpg

पोखरा । पोखराका सञ्चारकर्मीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताले आक्रमण गरेका छन् । 

आज बिहान ११ बजेदेखि पोखराको शहीद चोकमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा कार्यकर्ताले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेकामा समाचार संकलनका लागि गएका सञ्चारकर्मीलाई ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने.....’ लगायतका अनर्गल गाली गलौज भएको हो । 

सो क्रममा प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट एपीवान टेलिभिजनका गण्डकी व्युरो प्रमुख सागरराज तिमिल्सेना र पोखराका समाचार प्रमुख सुशान्त गाहामगर घाइते भएका छन् । दुवैको हातमा चोट लागेको छ भने गाहामगरले प्रयोग गर्ने क्यामेरासमेत फुटेको छ । 

त्यस्तै प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा संलग्न पत्रकारद्धय निरज तामाङ, अनिता घिमिरे र क्यामेरापर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास भएको छ । 

उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकारमाथि भएको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताएको छ । 

यो घटनाले पत्रकार र नागरिकको संविधानप्रदत्त अधिकारमासमेत हस्तक्षेप भएको ठहर गर्दै महासंघले कडा शब्दमा भत्र्सना गरेको छ । 

घटनामा संलग्नमाथि तत्काल कडा कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउनसमेत महासंघले माग गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ