arrow

अमेरिकाविरुद्ध क्लिन स्वीप गर्ने लक्ष्यका नेपाल मैदानमा, पहिले बलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
nep-usa-24-10-21.jpg

काठमाडौँ । अमेरिकाविरुद्धको तीन खेलको टी–२० क्रिकेट श्रृंखलामा क्लिन स्वीप गर्ने लक्ष्यका साथ नेपाली टोली तेस्रो खेलमा मैदानमा उत्रिएको छ । 

डालासको मैदानमा जित हासिल गरे नेपालले तीन खेलको श्रृंखला ३–० ले जित्नेछ । खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दैछ ।

दोस्रो खेल
आइतबार भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले टी–२० क्रिकेट श्रृंखला कब्जामा लिएको छ । 

लगातार दोस्रो जित हासिल गर्ने क्रममा अमेरिकालाई आइतबार भएको दोस्रो खेलमा सुपर ओभरमा हराएर तीन खेलको श्रृंखलामा २–० को पकड बनाउँदै एक खेल अगावै श्रृंखला जितेको हो । 

नेपालले पहिलो पटक अमेरिकाविरुद्ध टी–२० खेलेको हो । सोही खेलमै नेपाललाई सफलता मिलेको हो । 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २ विकेटको क्षतिमा २ रन बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ बलमा २ रन दिएर २ विकेट लिएका हुन् । 

शुरुआतका दुई बलमा एक एक रन दिएका सोमपालले तेस्रो र चौथो बलमा विकेट लिएका थिए । जवाफमा नेपालले ३ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो । नेपालका लागि रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन बनाए । 

यसअघिको २० ओभरको खेलमा बराबरी भएको थियो । एक सय ७१ रनको चुनौती पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ७० रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएका अवस्थामा अमेरिकाले ६ रन जोड्यो भने २ विकेट गुमायो । अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । 

अमेरिकाका लागि एन्द्रेस ग्रोसले ४३ बलमा ६२ तथा साइतेजा मुक्कामल्लले ४१ बलमा ४७ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए । 

यसअघि अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् । 

पहिलो खेल
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । 

नेपालले ९ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । 

जवाफमा अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ