arrow

अमेरिकामाथि क्लिन स्वीप गर्न नेपाललाई एक सय ५७ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
nepal-t20-24-10-21q.jpg

काठमाडौँ । अमेरिका विरुद्धको तीन खेलको टी–२० क्रिकेट श्रृंखलामा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले एक सय ५७ रनको चुनौती पछ्याउँदैछ । 

डालासको मैदानमा जित हासिल गरे नेपालले तीन खेलको श्रृंखला ३–० ले जित्नेछ । खेलमा नेपालले रनको चुनौती पाएको हो । नेपालले यसअघिका दुवै खेल जितेको हो । 

खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै अमेरिकाले ५ विकेटको क्षतिमा एक सय ५६ रन बनायो । अमेरिकाका लागि साइतेजा मुखमल्लले सर्वाधिक ६८ रन जोडे । मिलिन्द कुमारले ३५ बलमा अविजित रहँदै ४३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए । 

दोस्रो खेल
आइतबार भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले टी–२० क्रिकेट श्रृंखला कब्जामा लिएको छ । 

लगातार दोस्रो जित हासिल गर्ने क्रममा अमेरिकालाई आइतबार भएको दोस्रो खेलमा सुपर ओभरमा हराएर तीन खेलको श्रृंखलामा २–० को पकड बनाउँदै एक खेल अगावै श्रृंखला जितेको हो । 

नेपालले पहिलो पटक अमेरिकाविरुद्ध टी–२० खेलेको हो । सोही खेलमै नेपाललाई सफलता मिलेको हो । 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २ विकेटको क्षतिमा २ रन बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ बलमा २ रन दिएर २ विकेट लिएका हुन् । 

शुरुआतका दुई बलमा एक एक रन दिएका सोमपालले तेस्रो र चौथो बलमा विकेट लिएका थिए । जवाफमा नेपालले ३ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो । नेपालका लागि रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन बनाए । 

यसअघिको २० ओभरको खेलमा बराबरी भएको थियो । एक सय ७१ रनको चुनौती पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ७० रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएका अवस्थामा अमेरिकाले ६ रन जोड्यो भने २ विकेट गुमायो । अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । 

अमेरिकाका लागि एन्द्रेस ग्रोसले ४३ बलमा ६२ तथा साइतेजा मुक्कामल्लले ४१ बलमा ४७ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए । 

यसअघि अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् । 

पहिलो खेल
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । 

नेपालले ९ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । 

जवाफमा अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ