arrow

तिहारलाई भ्याइनभ्याइ माटाका पाला बनाउन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
matoko-pala-kumale-2081-(17.jpg

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहार नजिकिएसँगै कुमालेहरुलाई भ्याइनभ्याइ रहेको छ । माटोका भाँडाकुँडासँगै पाला बनाउनका लागि उनीरुलाई भ्याइनभ्याइ रहेको हो । 

तिहारलाई दिपावली पनि भनिन्छ । बत्तीको चाड भएकाले माटाको पालामा बत्ती बाल्ने चलन छ । झिलिमिली पार्ने चलन छ । 

त्यसैले त कुमालेहरुलाई भ्याइनभ्याइ भएको हो । त्यही भ्याइनभ्याइ अघिपछि अलि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ भएको हो । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशाअन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन् ।

उनीहरु धुपौरो, दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामान बनाउँछन् । तर अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ ।

तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन । पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ । बर्सेनि तिहार आएपछि पालाको माग धेरै नै हुने गरेको छ ।

अहिले सामान्य पालाको मुल्य १२ वटाको ४० रुपैयाँ अनि फुलफुल–बुट्टावाला पालाको १ वटाको २० रुपैयाँमा बिक्री भइरहेको छ। बजारमा भने त्यो भन्दा महँगो पनि पर्न सक्छ । 

matoko-pala-kumale-2081 (1).jpeg
matoko-pala-kumale-2081 (1).jpg
matoko-pala-kumale-2081 (2).jpg
matoko-pala-kumale-2081 (3).jpg
matoko-pala-kumale-2081 (4).jpg
matoko-pala-kumale-2081 (5).jpg
matoko-pala-kumale-2081 (6).jpg
matoko-pala-kumale-2081 (7).jpg
matoko-pala-kumale-2081 (8).jpg
matoko-pala-kumale-2081 (9).jpg
matoko-pala-kumale-2081 (10).jpg
matoko-pala-kumale-2081 (11).jpg
matoko-pala-kumale-2081 (12).jpg
matoko-pala-kumale-2081 (13).jpg
matoko-pala-kumale-2081 (14).jpg
matoko-pala-kumale-2081 (15).jpg
matoko-pala-kumale-2081 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ