arrow

सहकारी ठगीमा हिरासतमा रहेका पूर्वडीआइजी जोशीलाई रुपन्देही लगियो, ७ गते पोखरा फर्काइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
chabilal-joshi-sahakari.jpg

पोखरा । सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही लगिएको छ ।

बयानका लागि उनलाई आज रुपन्देही पठाइएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देहीमा उनको बयान सकिएपछि पुनः कास्कीमै फर्काइनेछ । उनलाई कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई सोमबार जहाजमार्फत रुपन्देही लगिएको हो । त्यहाँ पनि उनीविरुद्ध सहकारी ठगीबारे बयान हुनेछ। बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप जोशीमाथि छ।

जोशी गत असोज ६ गते काठमाडौँमा पक्राउ परेका थिए । उनलाई सोही दिन साँझ कास्की ल्याइएको थियो । उनीमाथि अनुसन्धान जारी छ ।

उनीमाथि अनुसन्धान नसकिएकाले अदालतले तेस्रो पटक गत शुक्रबार २० दिनको म्याद थपिदिइको छ ।

सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका थिए । शनिबार बिहान पोखरा ल्याएर उनीमाथि पनि अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । लामिछानेलाई अदालतले ६ दिनको म्याद थप गरेको छ ।

लामिछाने पक्राउ परेसँगै रास्वपाले आन्दोलन चर्काएको छ । देशभरबाट कार्यकर्ता उतारेर रास्वपाले तीनदेखि पोखरा केन्द्रित आन्दोलन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ