arrow

साफ महिला च्याम्पियनशिप

मध्यान्तरअघि नै माल्दिभ्सको पोष्टमा नेपालले गर्‍यो चार गोल [फोटोफिचर]

मध्यान्तरपछिको शुरुआतमै रेखा पौडेलले गोल गरिन्, ह्याट्रिक पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
nepal-mal-2024-10-21-(23).jpg

काठमाडौँ। सातौँ संस्करणको महिला साफ फुटबल च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले माल्दिभ्ससँग खेलिरहेको छ । जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको नेपालले घरेलु दशरथ रंगशालाको मैदानमा आक्रामक प्रदर्शन गरिरहेको छ । 

नेपालले पहिलो हाफको खेलमै चार गोल गरिसकेको छ । नेपालले एकतर्फी खेल खेलेको छ । मध्यान्तरपछिको शुरुआतमै रेखा पौडेलले गोल गरेर गोल संख्या पाँच पुगेको छ । 

रेखाले ह्याट्रिक गरेकी छिन् । त्यस्तै सविता राना मगर र प्रिती राईले एक एक गोल गरेका छन् । आधा दर्जन गोल गर्ने अवसर त नेपालले खेर नै फालेको थियो ।

पहिलो खेलमा अहिलेसम्म जितमात्रै निकालेको भुटान सामु गोलरिहत बराबरी खेल्दै अंक बाँड्न परेपछि नेपाल दबाबमा रहेको थियो । तर नेपालले माल्दिभ्सलाई भने कुनै मौका नै दिएको छैन । 

नेपालले भुटानसँगको प्रदर्शन बिर्सेर आजको खेलमा केन्द्रित भएको हो । पाँच पटकको उपविजेता नेपाल उपाधिका लागि तिर्खाइरहेको छ । तर अहिलेसम्म त्यो अवसर आएको छैन । 

यता भुटानले आजको खेलमा श्रीलंकालाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना कायमै राखेको छ । 

समूह बी को खेलमा भुटान ४ अंकसहित शीर्ष स्थानमा छ । श्रीलंका ३ अंकसहित दोस्रो स्थानमा छ । नेपाल १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ । 

यो खेल जित्दा नेपाल ४ अंकसहित शीर्ष स्थानमा पुग्नेछ । 

साफमा नेपाल र माल्दिभ्स तीन पटक आमने सामने भएका छन् । नेपालले सबै खेल जितेको छ । 

यता नेपालमा फर्केकी साफ च्याम्पियनशिपमा १९ गोल गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ लाई आज मैदानमा उतार्ने प्रयासमा प्रशिक्षक रहेका छन् । 

फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा बेन्चमा छिन् । 

nepal-mal-2024-10-21 (1).jpg
nepal-mal-2024-10-21 (2).jpg
nepal-mal-2024-10-21 (3).jpg
nepal-mal-2024-10-21 (4).jpg
nepal-mal-2024-10-21 (5).jpg
nepal-mal-2024-10-21 (6).jpg
nepal-mal-2024-10-21 (7).jpg
nepal-mal-2024-10-21 (8).jpg
nepal-mal-2024-10-21 (9).jpg
nepal-mal-2024-10-21 (10).jpg
nepal-mal-2024-10-21 (11).jpg
nepal-mal-2024-10-21 (12).jpg
nepal-mal-2024-10-21 (13).jpg
nepal-mal-2024-10-21 (14).jpg
nepal-mal-2024-10-21 (15).jpg
nepal-mal-2024-10-21 (16).jpg
nepal-mal-2024-10-21 (17).jpg
nepal-mal-2024-10-21 (18).jpg
nepal-mal-2024-10-21 (19).jpg
nepal-mal-2024-10-21 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ