arrow

टी–२० मा विश्व कीर्तिमान बनाएको नेपालको रेकर्ड तोडियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
zimbabwe-t20-24-10-23.jpg

काठमाडौँ । जिम्बाब्वेले टी–२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ । बुधबार टी–२० विश्वकप छनोट अन्तर्गत अफ्रिका क्षेत्रको खेलमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यसअघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो ।

नेपालले २०२३ को सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको थियो । 

जिम्बाब्वेले गाम्बियाविरुद्ध ३४४ रन बनाउने क्रममा सिकन्दर राजाले अविजित १३३ रन बनाएका थिए । उनले ३३ बलमा शतकसमेत बनाएका थिए भने ४३ बलमा १३३ रन बनाएका थिए । 

त्यस्तै ब्रायन बेन्नेटले ५०, ताडीवानासी मारुमानीले १९ बलमा ६२, क्लिभ माडानडेले १७ बलमा अविजित ५३, रयान बर्लले ११ बलमा २५ रन बनाएका थिए ।

जिम्बाबेले यो खेल २९० रनले जितेको थियो । 

३४५ रनको च्नौती पछ्याएको गाम्बिया १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो ।    
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ