arrow

आफूलाई कारबाही हुने संकेतसँगै विद्युत प्राधिकरणले काट्न थाल्यो उद्योगको बिजुली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
Nepal-Electricity-Authority-Building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  र बाबा जुट मिलको लाइन काटेको छ । 

साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ । यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री दिपक खड्कासँग भेट गर्दै विद्युत लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिन आग्रह गरेका थिए । 

यसअघि गत असोज २४ मा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो ।

मन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेपछि उनले यो कदम चालेका थिए । विद्युत महसुलमा कुलमान र सरकारको धारणा बाझिएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ ।

आफूलाई कारबाही नै गर्ने हो भने किन उद्योगीहरुलाई बचाइराख्ने भनेरै कुलमान आक्रामक देखिएका छन् । उनले अहिलेसम्म समय थपिरहनुलाई आफू पदमा जोगिने नीति बनाएको बुझ्न सकिन्छ । 

कुलमान आफूलाई खुलेआम माओवादी केन्द्रका नेताकै रुपमा बुझ्ने भएकाले यो सरकारसँग तालमेल नमिलेको प्राधिकरणका एक अधिकृतले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ