arrow

माओवादी केन्द्रको शक्ति प्रदर्शन काठमाडौँमा, बिहीबारदेखि नै विद्यार्थीहरुको राँके जुलुस [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
maobadi-kendra-maoist-centre.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । माओवादीले यो प्रदर्शनलाई जनप्रदर्शन र खबरदारी सभा भनेको छ ।  

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारी सभा गर्ने जनाएको छ ।

यसका लागि माओवादीको विद्यार्थी र भ्रातृ संगठनले बिहीबारदेखि नै राँके जुलुस निकाल्दै आएको छ । शुक्रबार साँझ पनि अखिल क्रान्तिकारी क्यामपस जिल्ला, प्राविधिक जिल्ला र ललितपुर जिल्ला समितिले टर्च बालेर सरकार खोज्दै  मार्च प्रदर्शन गरेको थियो । 

उक्त प्रदर्शन संगठनको केन्द्रीय कार्यालय बागबजार अगाडिबाट शुरु भएर पुतलीसडक हुँदै फेरि बागबजारमा पुगेर समापन भएको थियो । 

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको दुई तिहाईको सरकारले अपेक्षा गरे विपरीत काम गरेको माओवादीको आरोप छ । माओवादीले सहकारी ठगीमा तानिएका रवि लामिछानेलाई गरेको पक्राउकोसमेत विरोध गरेको छ । 

सरकारको काम कारबाही र अन्य विविध काममा ढिलासुस्ती भने पनि माओवादीले यतिबेला रास्वपाका सभापति रवि लामिछानेलाई नै बचाउने ध्याउन्न राखेको बुझिन्छ । 

विश्लेषकहरुसमेत माओवादीसँग मिलेर रविले विभिन्न अपराधमा जोडिएका माओवादीका नेताहरुलाई बचाउन भूमिका खेलेकाले त्यसकै ऋण तिर्न खोजिरहेको छ । 

यसलाई सीधै भाषामा भन्नुपर्दा प्रधानमन्त्री भएका बेलामा लाखौँ नेपाली पीडित रहेको सहकारीको प्रकरणमा रविलाई क्लिन चिट दिँदै पुष्पकमल दाहाल प्रचण्डले रवि त्यस्तै मान्छे हुँदै नभएको, आफूले आन्तरिक रुपमा पनि अनुसन्धान गरेका जस्ता अन्टसन्ट जवाफ मिडियालाई दिएका थिए । 
 

maoist-student-ranke-lighting-81-7-9 (3).jpg
maoist-student-ranke-lighting-81-7-9 (4).jpg
maoist-student-ranke-lighting-81-7-9 (5).jpg
maoist-student-ranke-lighting-81-7-9 (6).jpg
maoist-student-ranke-lighting-81-7-9 (7).jpg
maoist-student-ranke-lighting-81-7-9 (1).jpg
maoist-student-ranke-lighting-81-7-9 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ