arrow

अफगानिस्तान इमर्जिङ कप टी–२० को फाइनलमा, भारत पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १० शनिबार
afg-ind-t20.jpg

काठमाडौँ । ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी–२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ए ले भारत ए माथि २० रनको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

अफगानिस्तान ए ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ए ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनाएपछि खेल २० रनले हारेको थियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ए ले २० ओभरमा ४ विकेट गुमाएर २६ रन बनाएको थियो । 

जितसँगै अफगानिस्तानले एसिसी इमजिङ कपको फाइनलमा पुगेको छ । त्यस्तै यस अघिको सेमिफाइनलमा श्रीलंका ए ले पाकिस्तान ए लाई पराजित गर्दिया फाइनलमा पुगेको थियो ।

अब फाइनलमा अफगानिस्तान ए र श्रीलंका ए आइतबार भिड्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ