arrow

साफ महिला च्याम्पियनशिप 

गत संस्करणको पुनरावृत्ति गर्दै नेपाल र बंगलादेश भिड्दै, फाइनलको टिकट बिक्रीमा नयाँ व्यवस्था [तस्बिर]

टिकट अनलाइन किन्न नपाइने, बुधबार बिहान ८ बजेदेखि तीन ठाउँबाट टिकट पाइने, पहिले अनलाइन किनेकाको पैसा फिर्ता हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
saff-women-nep-bang-24-1029.jpg

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबलको सातौँ संस्करणको फाइनल खेल बुधबार हुँदैछ । फाइनलमा नेपाल र बंगलादेश भिड्दै छन् । यो फाइनल छैटौँ संस्करणको पुनरावृत्तिसमेत हो । 

छैटौँ संस्करणमा नेपाल र बैंगलादेश नै भिडेका थिए । त्यतिबेला बंगलादेश विजयी भएको थियो । बंगलादेशले अहिलेसम्म एउटा उपाधि जितेको छ । नेपालले एउटा उपाधि पनि जितेको छैन । 

नेपाल छैटौँ पटक फाइनलमा पुगेको छ । तनावपूर्ण सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । छैटौँ संस्करणमा पनि नेपालले भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । 

त्यस्तै बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७–१ ले हराएर फाइनलमा ठाउँ बनाएको हो । छैटौँ संस्करणमा पनि बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा पुगेको थियो । 

यता दुवै टिमका कप्तानले उपाधि आफूले नै जित्ने दाबी गरेका छन् । दशरथ रंगशालामा नेपालले १२ औँ खेलाडीका रुपमा अथाह दर्शकको माया पाउने छ भने बंगलादेशले त्यो अवसर पाउने छैन । 

टिकटमा नयाँ व्यवस्था
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनल खेलको टिकट बिक्रीका लागि नयाँ व्यवस्था गरेको छ । एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो ।

१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ । अब टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट बिक्री हुने भएको छ । 

एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट बिक्री गर्ने जनाएको छ । एन्फाले एक व्यक्तिलाई भीआईपी तर्फको २ र साधारण तर्फको ५ टिकटमात्र किन्न पाउने बताएको छ ।

एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ । साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ ।

रंगशालामा भीआईपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ । फाइनल खेल बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा हुँदै छ ।

nep-ban-saff-women-2024-pmc (1).jpg
nep-ban-saff-women-2024-pmc (2).jpg
nep-ban-saff-women-2024-pmc (3).jpg
nep-ban-saff-women-2024-pmc (4).jpg
nep-ban-saff-women-2024-pmc (5).jpg
nep-ban-saff-women-2024-pmc (6).jpg
nep-ban-saff-women-2024-pmc (7).jpg
nep-ban-saff-women-2024-pmc (8).jpg
nep-ban-saff-women-2024-pmc (9).jpg
nep-ban-saff-women-2024-pmc (10).jpg
nep-ban-saff-women-2024-pmc (11).jpg
nep-ban-saff-women-2024-pmc (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ