arrow

फूलैफूलको चाड तिहार

फूल टिप्ने, माला उन्ने र बेच्ने चटारो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
flower-81-7-14p.jpg

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका लागि अहिले फूल टिप्ने, माला उन्ने र बेच्ने चटारो छ । यो दृष्य देशैभर देख्न सकिन्छ । उद्यमी किसानले फूल बेच्छन् भने सामान्यतया गाउँघरतिर तिहारका लागि घरमै लगाएको फूलको माला उन्ने चलन छ । 

तर सहरमा त्यो सम्भव नहुँदा किनेरै गुजारा गर्नुपर्छ । अझ कति ठाउँमा त प्लाष्टिकको फूलले पनि ठाउँ पाउँछ । यसपालि अधिकांश पालिकाले नक्कली फूलको बिक्रीमा रोक लगाएका छन् । तर बिक्री भने अधिकांश ठाउँमै भइरहेको छ । 

यतिबेला अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडौँ इचंगु, कल्लाबारीका किसानहरूलाई पनि चटारो छ । काठमाडौँ उपत्यकाको पुष्प केन्द्रको रुपमा पनि परिचित इचंगु ,क्षेत्र अहिले सयपत्री, गोदावरी फूलले ढकमक्क छन् । 

बिहानैदेखि किसानहरु आफ्नो बारीमा पुगेर फूल टिप्न मै व्यस्त हुने गरेका छन् । मंगलबारदेखि यमपञ्चक शुरु भएसँगै सयपत्री र गोदावरी फूलको माग पनि बढ्ने गरेको छ । 

यहाँ उत्पादन भएका फूलहरु काठमाडौँ उपत्यकामै खपत हुने गरेका छन् । किसानहरुले फूल टिप्न शुरु गरेसँगै काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न ४६ स्थानमा बिक्रीका लागि स्थान तोकिदिएको छ ।

मेयर बालेन्द्र साह (बालेन) ले प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोकको घोषणा गर्दै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धनको व्यवस्था गर्न प्रबन्ध मिलाइएको फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

गएको वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । 

गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ । 

स्वदेशी फूल व्यापारी किसानहरूले महानगरले तोको स्थानमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नुहुनेछन्। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ ।

garland-flower-tihar-2081 (1).jpg
garland-flower-tihar-2081 (2).jpg
garland-flower-tihar-2081 (3).jpg
garland-flower-tihar-2081 (4).jpg
garland-flower-tihar-2081 (5).jpg
garland-flower-tihar-2081 (6).jpg
garland-flower-tihar-2081 (7).jpg
garland-flower-tihar-2081 (8).jpg
garland-flower-tihar-2081 (9).jpg
garland-flower-tihar-2081 (10).JPG
garland-flower-tihar-2081 (11).jpg
garland-flower-tihar-2081 (12).jpg
garland-flower-tihar-2081 (13).jpg
garland-flower-tihar-2081 (14).jpg
garland-flower-tihar-2081 (15).jpg
garland-flower-tihar-2081 (16).jpg
garland-flower-tihar-2081 (17).jpg
garland-flower-tihar-2081 (18).jpg
garland-flower-tihar-2081 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ