- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमत्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्त्व भएको बताएका छन् । शनिबार भक्तपुरमा नेपाल संवत् ११४५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राण तत्त्व मजबुत भएपछि मात्रै बाहिरी स्वरूप मजबुत हुने उल्लेख गरे ।
उनले नेपालीहरूको विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको समृद्धि, पुँजी भएको बताए । उनले नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढङ्गले जोगाउन जरुरी रहेको बताए । उनले सबै भाषा, संस्कृतिलाई प्रवर्द्धन र संरक्षण गर्न सरकार तत्पर रहेको बताए ।
उनले भने, ‘नेपालीहरूको संस्कृति, विविधतापूर्ण संस्कृति र प्रकृति हाम्रो समृद्धि, पुँजी र सम्पत्ति हो । यसलाई अघि बढाउने सन्दर्भमा हाम्रा प्रत्येक भाषा, अहिले १३१ वटा भाषा पुगेका छन् । नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढङ्गले कसरी जोगाउन सक्छौँ । प्रवर्द्धन र संरक्षण गर्ने दिशामा अघि बढ्छौँ । संस्कृति भनेको प्रत्येक समाजको प्राण हो । संस्कृति भनेको सफ्टवेयर हो । प्राण तत्त्व मजबुत भएपछि मात्रै बाहिरी स्वरूप मजबुत हुन्छ ।’