- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दुबईमा जारी महिला यू–१९ विश्वकप क्रिकेटको एसिया क्वालिफायरको दोस्रो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल बिहान ११ः१५ बजे दुबई द स्टेभेन्स स्टेडियममा शुरु हुनेछ ।
यसअघि नेपालले नेपालले विजयी शुरुआत गरेको थियो । सन् २०२५ मा हुने महिला यू–१९ विश्वकपका लागि एसिया क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई बुधबार ६७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ११.४ ओभरमा अल आउट हुँदै केवल ३५ रन बनाएको थियो । नेपालका लागि रचना चौधरीले १० रन खर्चेर ४ विकेट लिएकी थिइन् । यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०२ रन बनाएको थियो । कप्तान पूजा महतोले ४० बलमा ३५ रन बनाएकी थिइन् ।
नेपालले तेस्रो खेलमा शनिबार यूएईविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार फेरि थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार यूएईविरुद्ध खेल्ने छ ।
क्वालिफायरमा शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनोट हुने छ । चार देशले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनोट हुने छ ।
यता पहिलो खेलमा यूएईले कुवेतलाई १०६ रनले हराएको थियो । आज यूएईले थाइल्याण्डसँग खेल्दैछ ।