- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । यूएईको दुबईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । साना प्रवीनले २५ तथा ज्योत्स्निका मरासिनीले २३ रन बनाएकी हुन् ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनले पराजित भएको थियो ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी(२० विश्वकपमा छनोट हुनेछ ।