arrow

यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट

नेपालको लगातार दोस्रो जित, कुवेतलाई १०८ रनले हरायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
nep-win-kuwait-108-runs.jpg

काठमाडौँ । यूएईको दुबईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपालले बिहीबार कुवेतलाई १०८ रनले हरायो । 

१३१ रनको विजयी लक्ष्य पछ्याएको कुवेत २२ रनमै समेटिएको छ । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । साना प्रवीनले २५ तथा ज्योत्स्निका मरासिनीले २३ रन बनाएकी हुन् ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

नेपालले तेस्रो खेलमा शनिबार यूएईसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ