arrow

सञ्जुको कीर्तिमानी शतकमा दक्षिण अफ्रिकामाथि भारतको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
ind-sa=-t20-sanju.jpg

काठमाडौँ । भारतले दक्षिण अफ्रिका विरुद्धको टी–२० क्रिकेट श्रृंखलामा विजय शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा भारतले दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गरेको हो ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १७.५ ओभरमा अल आउट हुँदै १४१ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २५, गेराल्ड कोएत्जीले २३ बाहेक अन्य ब्याट्सम्यानले योगदान दिन असफल भएका थिए ।

दक्षिण अफ्रिकाको ब्याटिंग ध्य्वस्त गर्नेक्रममा भारतीय बलर बरुण चक्रवर्ती र रवि विस्नोईले ३–३ विकेट लिएका थिए भने आवेश खानले २ तथा अर्शदीप सिंहले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै २०२ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले ५० बलमा १०७ रन बनाए । उनी टी–२० मा लगातार दोस्रो शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी हुन् । 

तिलक बर्माले ३३, कप्तान सूर्यकुमार यादवले २१, रिंकु सिंहले ११ रन बनाएका थिए ।

भारतको यो जितपछि ४ खेलको श्रृंखलामा १–० को अग्रता हासिल गरेको छ । अब श्रृंखलाको दोस्रो खेल आइतबार हुने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ