arrow

यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाल यूएईसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
u19-nep-women-24-11-9.jpg

काठमाडौँ । नेपाल यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेट अन्तर्गत यूएईसँग पराजित भएको छ । दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा यूएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।

यूएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गर्दै यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि रिया शर्माले ३ विकेट लिएकी थिइन् ।

योसँगै यूएईले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

अब नेपालले आइतबार थाइल्याण्डसँग र यूएईले कुवेतसँग खेल्ने तालिका रहेको छ ।  

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । 

डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

छनोट हुन नेपालले अब बाँकी सबै तीन खेलमा फराकिलो जित हासिल गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ