arrow

यू–१९ महिला विश्वकप छनोटमा थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
nep-win-thai-24-11-10.jpg

काठमाडौँ । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ ।

आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको अन्तरले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको थाइल्याण्डले १६ ओभरमा अलआउट हुँदै ३३ रन मात्र बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै नेपालले साना प्रवीनको अर्धशतकको सहयोगमा २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । प्रवीनले ४६ बलमा ५३ रन बनाएकी थिइन् । 

प्रतियोगितामा यो जितपछि नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ र अंक तालिकामा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यूएई खेलेका सबै ४ खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

त्यस्तै थाइल्याण्डले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ र अंकतालिकामा २ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र बिहीबार यूएईसँग खेल्ने तालिका रहेको छ । 

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

नेपालले अब शीर्ष स्थानमा पुग्नका लागि कुवेत र यूएईमाथि फराकिलो जित हासिल गर्नुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ