- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारत दक्षिण अफ्रिकासँगको टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा पराजित भएको छ । गएराति दक्षिण अफ्रिकाको ग्वेबेर्हामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १२५ रनको झिनो लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । त्रिशन स्टब्सले ४१ बलमा अविजित रहँदै ४७ रन बनाए ।
वरुण चक्रवर्तीले १७ रन खर्चेर ५ विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् ।
यसअघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । हार्दिक पाण्डेयाले ४५ बलमा अविजित रहँदै ३९ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाको यो जितपछि ४ खेलको श्रृंखला १–१ ले बराबरी भएको छ । यसअघि पहिलो खेल भारतले जितेको थियो । तेस्रो खेल बुधबार हुने छ ।