arrow

नेपाल र कुवेत मैदानमा, यू–१९ महिला टी–२० विश्वकपमा छानिने आशा जीवित राख्न नेपाललाई फराकिलो जित जरुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
u19-nep-kuw-24-11-12.jpg

काठमाडौँ । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले कुवेतविरुद्ध खेलिरहेको छ । दुबईस्थित द सेभेन स्टेडियममा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

शीर्ष स्थानमा रहेर विश्वकपमा छानिने आशा जीवितै राख्न नेपालले कुवेतमाथि फराकिलो जित हासिल गर्नुपर्ने हुन्छ । किनकि नेपाललाई पराजित गरेको यूएईको नेट रन रेट निकै राम्रो भएका कारण नेपालले कुवेतसँगै अन्तिम यूएईविरुद्धको खेल पनि फराकिलो अन्तरले जित्नुपर्ने हुन्छ । 

सामान्य जितलेमात्र नेपालले यूएईलाई पछि पारेर शीर्ष स्थानमा रहने अवस्था रहँदैन । 

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा बुधबार यूएईसँग खेल्ने तालिका रहेको छ । 

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ