arrow

यू–१९ टिमकी कप्तान पूजा महतोले टी–२० मा शतक बनाएर रचिन् इतिहास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
puja-mahato-u19-century-kuw.jpg

काठमाडौँ । यू–१९ राष्ट्रिय क्रिकेट टिमकी कप्तान पूजा महतोले टी–२० अन्तर्राष्ट्रियमा शतक बनाएर कीर्तिमान रचेकी छिन् । उनले यूएईमा जारी टी–२० विश्वकप छनोटको खेलमा कुवेतविरुद्ध कीर्तिमानी शतक बनाएकी हुन् । 

उनले ५७ बलमा शतक जोडेकी हुन् । जारी संस्करणमै उनको यो पहिलो शतक हो । पूजाले अविजित रहँदै ६९ बलमा १३० रन बनाइन् । यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतबार यूएईकी लाभन्या केन्याले कुवेतविरुद्ध ९९ रन बनाएकी थिइन् । 

नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले कुवेतविरुद्ध खेलिरहेको हव् । दुबईस्थित द सेभेन स्टेडियममा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । 

शीर्ष स्थानमा रहेर विश्वकपमा छानिने आशा जीवितै राख्न नेपालले कुवेतमाथि फराकिलो जित हासिल गर्नुपर्ने हुन्छ । किनकि नेपाललाई पराजित गरेको यूएईको नेट रन रेट निकै राम्रो भएका कारण नेपालले कुवेतसँगै अन्तिम यूएईविरुद्धको खेल पनि फराकिलो अन्तरले जित्नुपर्ने हुन्छ । 

सामान्य जितलेमात्र नेपालले यूएईलाई पछि पारेर शीर्ष स्थानमा रहने अवस्था रहँदैन । 

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा बुधबार यूएईसँग खेल्ने तालिका रहेको छ । 

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ