arrow

यू-१९ महिला विश्वकप छनोट 

फराकिलो अन्तरले जित्नैपर्ने खेलमा यूएईविरुद्ध नेपाल पहिले बलिङ गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
u19-nep-uae-24-11-13.jpg

काठमाडौँ । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले अन्तिम खेल घरेलु टिम यूएईविरुद्ध खेलिरहेको छ । 

दुबईस्थित द सेभेन स्टेडियममा यूएईले टस जितेर पहिले ब्याटिङ थालेको छ । प्रतियोगितामा यूएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

आजको खेल विश्वकपमा छनोट हुने टिमको निर्णय लिनेछ । नेपाल यस खेलमा फराकिलो अन्तरले जित्नैपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले यूएईलाई राम्रो रनरेटमा पराजित गरेर शीर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।

सामान्य जितले भने नेपाल विश्वकपमा छानिने छैन । यूएईको रनरेट ४.७९१ रहेको छ भने नेपालको ४.३३० रहेको छ । फराकिलो जित हासिल गरेमात्र नेपालले रनरेटमा सुधार गर्दै यूएईलाई पछि पार्नेछ ।

नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी प्रतियोगिता डबल राउण्ड रोविनका आधारमा खेलाइएको हो । शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू १९ महिला टी २० विश्वकपमा छनोट हुनेछ । थाइल्याण्ड ४ अंकसहित तेस्रो भयो भने अंकविहीन कुवेत पुछारमा रह्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ