arrow

तिलकको ब्याटिङ र अर्शदीपको बलिङमादक्षिण अफ्रिकाविरुद्ध भारतको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २९ बिहिबार
ind-sa-24-11-13.jpg

काठमाडौँ । भारतले दक्षिण अफ्रिका विरुद्धको टी–२० क्रिकेट श्रृंखलामा दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न श्रृंखलाको तेस्रो खेलमा भारतले ११ रनको जित हासिल गरेको हो ।

भारतले दिएको २२० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि मारको जानसेनले सर्वाधिक ५४ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो । भारतका लागि तिलक बर्माले ५६ बलमा अविजित रहँदै १०७ रन बनाए । अभिषेक शर्माले २५ बलमा ५० रन बनाएका थिए ।

यो जितपछि भारतले ४ खेलको श्रृंखलामा २–१ को अग्रता हासिल गरेको छ । अब चौथो तथा अन्तिम खेल शुक्रबार हुने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ