arrow

पोखरामा राष्ट्रिय कर दिवस मनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३० शुक्रबार
IRD Pokhara.JPG

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस मनाउने भएको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी “कर प्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ कर दिवस मनाउन लागिएको हा् । कार्यक्रम मंसिर १ देखि ७ गतेसम्म हुनेछ । यस अवसरमा विभिन्न कार्यक्रम हुने कार्यालयले जनाएको छ ।

मंसिर १ गते बिहान ७ः३० बजे पोखरा सभागृहदेखि सिर्जनाचोक हुँदै रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालयसम्म प्रभावतफेरि कार्यक्रम गरिनेछ । यस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि हुनेछ ।

यसैगरी मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने कार्यक्रम छ ।

मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत संघ संगठनसँग अन्तरक्रिया, कर सम्बन्धित प्रशिक्षण कार्यक्रम र सञ्चार माध्यममा अन्तरसम्वाद कार्यक्रम हुनेछन् ।

मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदातालाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन कार्यक्रम हुनेछ ।

आर्थिक ऐन, २०८१ ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम आयोजना गरिने छ ।

आर्थिक ऐन, २०८१ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आव २०७९/०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्य अभिवृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था गरेको छ ।

कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धित जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्नेलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने बताइन्छ ।



नयाँ