arrow

चीनसँग छलफल गर्ने विषय बनिरहेको परराष्ट्र मन्त्री राणाको भनाइ, तल्लो तहसम्म कांग्रेस–एमाले संयन्त्र बन्ने

logo
सुनिल आउजी, 
प्रकाशित २०८१ कार्तिक ३० शुक्रबार
arzu-81-7-30.jpg

धनगढी । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले सुदूरपश्चिम प्रदेशमा रहेको गेटा मेडिकल कलेजका विषयमा छलफल भइरहेकाले छिटोभन्दा छिटो संचालनमा ल्याइने बताएकी छिन् । 

एमाले र नेपाली कांग्रेसबीच संयन्त्र बनेपछि सत्ता संचालनमा सहज भएको उनले बताइन् । उनले दुई फरक दल सत्ता सहकार्यमा रहेकाले सानो तिनो कुरामा पनि विवाद हुँदा समस्या हुने भएपछि दुई दलीय संयन्त्र बनेको बताइन् ।

 शुक्रबार डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले अब तल्लो तहसम्म दुई दलको संयन्त्र निर्माण हुने  र सत्ता संचालनमा सहज हुने बताइन् । 

उनले भनिन्, ‘दुई ठूला प्रतिस्पर्धी दलबीच विशेष परिस्थितिमा सत्ता सहकार्य भएकाले सत्ता संचालनमा सहजीकरणका लागि संयन्त्र निर्माण भएको हो ।’

परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी तीव्र रुपमा अघि बढेको बताइन् । अब चाँडै दुई देशका अधिकारीबीच भ्रमणमा उठाइने विषयबस्तुबारे छलफल भएर तयारी पूरा हुने उनले बताइन् ।

नेतृ देउवाले धनगढीमा रहेको गेटा मेडिकल संचालनको प्रकृया अघि बढी संचालन भैसकेकोले अब चाँडै पढाइ संचालन हुने वातावरण बन्ने बताइन् । उनले भनिन्, ‘यसमा सबै सकारात्मक छन् चाँडै गति लिन्छ ।  यसपटक नितान्त धार्मिक यात्राका लागि डडेल्धुरा जान लागेको उनले बताइन् ।



नयाँ