arrow

प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ- विप्लव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
Biplav-Netra-chand.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन् । सरकार कुनै पनि बेला ढल्न सक्ने भएकाले प्रधानमन्त्री ओली बचाउमा केन्द्रित हुनुपरेको उनको जिकिर थियो । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको पनि बताए । उनले भ्रष्टहरूले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको दाबी समेत गरे । महासचिव विप्लवले आफ्ना पार्टीका जेलमा रहेका पार्टीका नेता, कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिए । 

उनले भने, ‘हरेक वर्ष सरकार फेरिने । यो सरकार पनि  के हुन्छ भन्ने कुरा निश्चित छैन भन्ने कुरा सुनिरहन्छौँ । सरकारले कहिले काम गर्ने हो ? प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो ? सरकार ढल्दैन है भन्दै भाषण गर्ने । आजकाल केपीजी हुनु भएको छ । केपीजीको पनि कामै के छ भन्दा खेरी जम्माजम्मी यो सरकार ढल्दैन भन्ने । जनतालाई के लागेको छ भने यो राति ढल्न सक्छ, यो रातको १२  बजे ढल्न सक्छ । यो बिहानै उछिटिन सक्छ । अथवा देशलाई भ्रष्टाचारीहरूले कब्जा गर्न सक्छन् । यो लागिरहन्छ । देशको विकास कहिले गर्ने हो ? जनता सन्तुष्ट छैनन् ।’



नयाँ