प्रधानमन्त्री ओलीले गरे चीन जानुअघि पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
443
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीका बारेमा छलफल गरेका छन् । मंसिर १७ गतेबाट हुने उनको चीन भ्रमणका लागि भ्रमणका विषयमा सरोकारवालासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतसँग चीन भ्रमणका विषयमा छलफल भएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको हो ।
चासो बीआरआईको
यसपालि चिनियाँ ऋणको परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अगाडि बढाउने कि नबढाउने भन्ने विवाद उत्कर्समा छ ।
प्रधानमन्त्री ओली भने यसलाई अगाडि बढाउने कसरतमा लागेको बुझिएको छ । यद्यपि प्रमुख सत्ता घटक नेपाली कांगेसले ऋणमा बीआरआई स्वीकार्न नसकिने बताइसकेको छ ।
तर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदलेर बीआरआई ऋण कम प्रतिशतमा झारेर सहमति हुन सक्ने अनुमान भइरहेको छ ।
यसबारेमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेको स्रोतको दाबी छ ।
बीआरआईका विषयमा अहिले अनेक अड्कल भइरहेका छन् । कसैले महँगो ब्याजमा ऋण लिनुहुन्न भनिरहेका छन् भने कसैले छिमेकीसँग महँगै भए पनि लिुनपर्ने धारणा राखिरहेका छन् ।
विशेषगरी कम्युनिष्ट घटकहरु चीनलाई चिढ्याउन खोजिरहेका छैनन् भने लोकतान्त्रिक घटकहरु विश्व बैंक र एसियाली विकास बैंकले दिएको सस्तो ऋण छाडेर महँगोमा चीनसँग लिन जरुरी नभएको बताएका छन् ।