काठमाडौँ । कमजोर अर्थतन्त्रको बीचमा अफगानीहरू जाडोका लागि आफूलाई तयार पार्न सङ्घर्ष गरिरहेका छन् ।
अफगानिस्तानका बहुसङ्ख्यक मानिसहरूले आफ्नो घर न्यानो बनाउन दाउरा खोजिरहेका छन् ।
यद्यपि बढ्दो मूल्यका कारण धेरै अफगानिस्तानका बासिन्दाहरूलाई यो आवश्यकतामा पहुँच गर्न गाह्रो भएको छ ।
आफू केही पसलहरूमा जाँदा ५६० किलो दाउराको मूल्य यस वर्ष १४ हजारदेखि १५ हजार अफगानी (लगभग २०६ देखि २२१ अमेरिकी डलर) रहेको अफगान निवासी गाजी अहमद बताए ।
जुन गत वर्ष ७ हजार देखि ८ हजार अफगानी (लगभग १०३ देखि ११८ अमेरिकी डलर) रहेको थियो ।
अहिले विक्री मात्रा कम रहेको र अहिलेसम्म करिब ५६० केजी दाउरा बेचिसकेको बताए । तर विगतका वर्षहरूमा ८ हजार ४ सय केजीसम्म दाउरा बेच्ने गरेको बताए ।