arrow

विद्युत प्राधिकरण उद्योगहरूको बिजुली काट्ने निर्णयबाट पछि हट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
Nepal-Electricity-Authority-Building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछि बोर्डले यस्तो निर्णय गरेको बताइएको छ ।

बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए ।

नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने राय दिएको छ। 

एक महिनाअघि प्राधिकरणले उद्योगहरूले बक्यौता नतिरेको भन्दै बिजुली काटिदिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ