arrow

चीन जानुअघि राष्ट्रपति पौडेलबाट शुभकामना लिए प्रधानमन्त्री ओलीले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
ramchandra-oli-arzu.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवास पुगेर साँझ प्रधानमन्त्री ओलीले भेट गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ू राणा देउवा पनि सहभागी थिइन् । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन् । 

यही मंसिर १७ गते सोमबारदेखि २० गते बिहीबारसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन भ्रमण गर्दैछन् । 

ओली ८७ जनाको जम्बो टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । चीनमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे निष्कर्ष आउनेसमेत बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ