नेवानिका पदाधिकारीलाई १५ दिन भित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
682
Shares
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उनले निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने बताए ।
निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पाण्डेले निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निर्देशन दिए ।
निगमलाई घाटा लगाउने चिनियाँ जहाजको ब्यवस्थापनमासमेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ ।