arrow

आफ्नै फुटपाथमा ‘साहूहरु’बाट दैनिक यसरी लुटिन्छन् विपन्नहरु

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
Footpath-3.jpeg
काठमाडौं । कसैले व्यापारमा नोक्सानी बेहोर्नुपर्‍यो भन्ने सबैभन्दा प्यारो ‘डाईलग हो ‘फुटपाथ मै झरिने भईयो’ । कुनैपनि धनी व्यक्तिलाई पनि धम्की र सराप दिन पर्‍यो भने पनि फुटपाथ कै कुरा जोडिहाल्छन् । सामान किन्न होस् या त अन्य कुनै व्यवसाय नै, फुटपाथ भन्ने वित्तिकै सटरमा भाडा तिर्न नसक्ने वा मौसमी सामानहरु व्यापार गर्नेहरुलाई बुझिहालिन्छ । अझ सीधा भाषामा भन्दा विशेषगरी विपन्नहरुको लागि प्रयोग गरिन्छ ‘फुटपाथ’ भन्ने शब्द । 
 
तर, फुटपाथ भन्ने शब्दमा त्यस्ता विपन्नहरु चाहिँ कत्तिको सुरक्षित हुन्छन् त ? यो विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ । केही समय अगाडि काठमाडौं महानगरपालिकाका एक कर्मचारीलाई फटपाथ व्यवस्थापनको विषयमा कुरा गर्दा उनले भने ‘विचरा भाडा तिर्न नसक्नेहरुलाई यहाँबाट पनि लखेटेर के गर्नु ? उनीहरुले पनि त परिवार पाल्नु प¥यो नि ।’
 
तर फुटपाथमा व्यवसाय गर्नेहरुको हालत पनि महानगरका ती कर्मचारीले भनेजस्तो सहज भने छैन । महानगरपालिकाले ‘गरिखान’ भनेर अलिक खुकुलो छाडेपनि विचौलियाको विगविगीले फुटपाथका व्यापारीहरु समेत आत्राmन्त बनिरहेका छ ।    
सुन्धाराको फुटपाथमा व्यापार गर्ने एक व्यापारीले गुनासो गरे ‘फुटपाथमा व्यापारगर्नेहरुको व्यापार पनि झट्ट हेर्दा त आकर्षक नै छ । मोलमोलाई ग¥र्याे अलिक सोझो मान्छे प¥यो भने त ढाडै सेकाउन सकिने । महानगर प्रहरी आयो भने गुण्टा बोकेर कुलेलाम ठोके भईहाल्यो । भाडा तिर्नु पनि परेन ।’ 
 
उनी सोच्ने मान्छेलाई त सबै कुराले आकर्षक भएपनि बाहिर सोच्दा यो व्यवसाय जति सहज छ यथार्थलाई हेर्दा यो यत्तिकै मात्रामा कठिन र झण्झटिलो रहेको बताउँछन् । फुटपाथे व्यापारीसँग हामीले कुराकानी गर्नको लागि केहीदिन अघि सुन्धारा, रत्नपार्क र वानेश्वर पुगेका थियौँ । तर, एउटा अचम्मको कुरा के थियो भने मूल बाटोमा व्यापार गरिरहेका उनीहरु पनि अन्यत्रको व्यापारी जस्तो महानगरप्रहरीको पोसाकसँग त्रसित थिएनन् । 
 
महानगरपालिकाले राजधानीमा केही क्षेत्रहरु तोकेको छ जहाँ बेलुकाको समयमा निश्चित समयसम्म व्यापार गर्न दिने पनि गरेको छ । तर हामीले भेटेको र सोधेको सुन्धारा, रत्नपार्क र वानेश्वर तीनवटै क्षेत्रको सो फुटपाथमा महानगरले व्यापार गर्न प्रतिबन्ध नै लगाएको छ । तर पनि उनलाई महानगरप्रहरीको भय नहुनुले हामीलाई अचम्मित तुल्यायो । 
 
पछि बुझ्दै जाँदा पत्ता लाग्यो कि ३ तहका ‘साहूहरु’ लाई पैसा बुझएपछि मात्रै त्यहाँ बस्न पाईँदो रहेछ । हामीले त्यतिबेलासम्म आफैं व्यापार गर्न खोजेको जनाएर उनीहरुको प्रतिक्रिया खोजिरहेका थियौं । ती व्यापारीका अनुसार त्यस क्षेत्रमा व्यापारगर्नेहरुको पनि ठेकेदार छुट्टै हुन्छन् । ती ठेकेदार बैधानिक हुन् या होईनन् भन्ने विषयमा भने उनीहरु अनविज्ञ रहेको बताए । तर, उनले त्यस ठेकेदार र महानगरप्रहरीको लागि भनेर छुट्टाछुट्टै मासिक पैसा बुझाउनु पर्ने बताए । 
 
ठेकेदारलाई मासिक सुन्धाराका व्यापारीहरुले मासिक ३५ सय देखि ५ हजारसम्म र महानगरप्रहरीको लागि भनेर कहिले ५ सय कहिले हजार त कहिले १५ सय रुपैयाँसम्म ठेकेदारले असुली गर्ने गरेको बताए । त्यस्ता ठेकेदारहरुलाई व्यापारीले साहू भनेर चिन्ने गर्दछन् । सरकारी सम्पत्तिमा महानगरपालिकाले व्यवस्थित रुपमा व्यापार सञ्चालन गर्नुपर्नेमा विचौलियाहरुले स्थानीय क्षेत्रमा गस्ति गर्ने महानगर प्रहरीहरुलाई आर्थिक प्रलोभनमा पारी फुटपाथ कब्जा गरिरहेका छन् । 
 
यस्तो पैसा उठाउने ‘साहूहरु’ को विगविगी सुन्धारामा मात्रै होईन महानगरको हरेक ठाउँमा देखिन्छ । तर, यसको रोकथामको लागि भने महानगरले अहिलेसम्म पनि कुनै ठोस कार्ययोजना ल्याउन सकेको छैन । महानगरपालिकाका एक कर्मचारीलाई यस विषयमा कुराकानी गर्दा फुटपाथमा बस्ने विपन्न समुदायका मानिसहरुलाई उठाएर के बहादुरी गर्नु भनेर त्यति कडाई नगरिएको बताए ।
 
फुटपाथको विपन्नसँग बाहिरबाहिरै विचौलियाहरुले कसरी पैसा असुली गरिरहेका हुन्छन् भन्ने विषयमा भने ती कर्मचारी अन्जान नै देखिन्थे । यस्तो अवस्थामा यसको रोकथामको लागि प्रयास गर्ने काम त पर कै कुरा । यसरी महानगरले पनि आफू मातहतको फुटपाथ व्यवस्थापन गर्न चासो नदेखाउँदा यस्तै ‘साहूहरु’ भने सधैं मोटाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ