arrow

एनपीएल

लुम्बिनीको हारको श्रृंखला रोकियो, रोहितको अलराउन्ड प्रदर्शनले चितवन पराजित [फोटोफिचर]

रोहितले बनाए ५७ बलमा ८० रन, लिए १७ रन खर्चेर ४ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
npl-lumbini-win-1st (15).jpeg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको लिगको आफ्नो पाँचौँ खेलमा आएर लुम्बिनीले पहिलो जित हासिल गर्दै प्लेअफ सम्भावना जीवितै राखेको हो । 

मंगलबार भएको १६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो । 

चितवनले १६८ रनको चुनौती पछ्याउने क्रममा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो । 

लुक बेन्केन्स्टेनले ३१, नर सार्कीले १२ बलमा अविजित रहँदै २२ तथा कप्तान कुशल मल्लले २० रन जोडे । 

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रामोन साइमन्डस्ले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेललको कप्तानी इनिङ्समा ६ विकेटको क्षतिमा १६७ रन बनायो । 

अलराउन्डर रोहितले ५७ बलमा ८० रन बनाए । रोहितसँग मिलेर पाँचौँ विकेटका लागि ११४ रनको साझेदारी गर्ने क्रममा साद बिन जाफरले रनआउट हुनुपूर्व ३५ बलमा ५२ रन जोडे । चितवनका रिजन ढकालले ३ विकेट लिए । 

लगातार चार हारसहित सबैभन्दा कमजोर मानिएको लुम्बिनी पहिलो जितसहित पुछारबाट पाँचौ स्थानमा पुगेको छ । 

चितवन भने पराजित हुँदा ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । 

दुई अंकका पोखरा एभेन्जर्स, काठमाडौँ गुर्खाज र विराटनगर किंग्सलाई लुम्बिनीले उछिनेको छ । 

आजको दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् । 

यसअघिका खेल
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । 

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो । 

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । 
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । 

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 


 

npl-lumbini-win-1st (1).jpeg
npl-lumbini-win-1st (2).jpeg
npl-lumbini-win-1st (3).jpeg
npl-lumbini-win-1st (4).jpeg
npl-lumbini-win-1st (5).jpeg
npl-lumbini-win-1st (6).jpeg
npl-lumbini-win-1st (7).jpeg
npl-lumbini-win-1st (8).jpeg
npl-lumbini-win-1st (9).jpeg
npl-lumbini-win-1st (10).jpeg
npl-lumbini-win-1st (11).jpeg
npl-lumbini-win-1st (12).jpeg
npl-lumbini-win-1st (13).jpeg
npl-lumbini-win-1st (14).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ