बाढीमा परी इन्डोनेसियाका १७० गाउँ प्रभावित, डुबेर १० को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
1.4k
Shares
जाकार्ता । इन्डोनेसियामा आएको बाढीमा डुबेर १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाका उद्धारकर्ताहरूका अनुसार देशको मुख्य टापु जाभाको पहाडी गाउँहरूमा आएको बाढीमा बगेका १० शव निकालेका छन् । उनीहरूका अनुसार दुई जना अझै बेपत्ता छन् ।
गत सातादेखि परेको अविरल वर्षाका कारण नदीहरू किनार भत्केका छन् । पश्चिम जाभा प्रान्तको सुकाबुमी जिल्लाका १७० भन्दा बढी गाउँहरू बाढीको चपेटमा परेका छन् ।