arrow

नेपाल प्रिमियर लिग

खेल नहारेको जनकपुरसँग दोस्रो स्थानको सुदूरपश्चिम, काठमाडौँसँग लुम्बिनी भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
npl-sudurpachhim-81-8-20.jpg

काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा  आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

जारी एनपीएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले  चार खेलमध्ये तीनमा जित निकालेको छ । 

तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छ भने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ