arrow

नेपाल प्रिमियर लिग

एनपीएलमा सुदूरपश्चिमको रोमाञ्चक जित, जनकपुर ५१ रनमै समेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
sudurpaschim-jeet.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई लो स्कोरिङ खेलमा ७२ ले पराजित गरेको हो ।

एक सय २४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स सुदूरपश्चिमको कसिलो बलिङमा निर्धारित १२.१ ओभरमा सबै विकेट गुमाउदै ५१ रनमा समेटियो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो। 

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
 
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ