arrow

रोहित पौडेल कप्तानीको लुम्बिनी एनपीएलबाट बाहिरिने पहिलो टिम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
npl-lumbini-kathmandu-19.jpg

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । ६ खेलबाट २ अंकमात्र बटुलेको लुम्बिनी प्लेअफ होडबाट औपचारिक रुपले बाहिरिने पहिलो टिम बनेको हो । 

आफ्नो छैटौँ तथा लिगको १९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग पराजित भयो । लुम्बिनी १८ रनले पराजित भएको हो ।  

जितका लागि १९.२ ओभरमा अलआउट हुँदै ८५ रनमात्र बनाउन सक्यो । सन्दिप जोराले सर्वाधिक २६ रन बनाएको लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा कप्तान करण केसीले १६ रन खर्चेर ४ तथा दिपेश कणेलले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । 

जितसँगै काठमाडौँको प्लेअफ सम्भावना कायमै रहेको छ । 

अंक तालिका
५ खेलबाट ८ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ । पहिलो हार बेहोरेको जनकपुर ५ खेलबाट ८ अंकबाटै दोस्रो स्थानमा छ । 

चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ४ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । 

हारपछि बाहिरिएको लुम्बिनी लायन्सको ६ खेलबाट २ अंकमात्रै छ । 

विराटनगर किंग्स र पोखरा एभेन्जर्सको समान २ अंक छ ।

यसअघिका खेल
–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो । 

–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए । 

–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ । 

–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । 

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो । 

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । 
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । 

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ