काठमाडौँ । क्रिकेट लिजेन्ड ब्रायन लारा नेपाल आउँदै छन् । नेपाल प्रिमियम लिग (एनपीएल) को जारी खेल हेर्नका लागि क्रिकेटका लिजेन्ड लारा नेपाल आउन लागेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का छुम्बी लामाका अनुसार उनी आज बिहान ८ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । उनलाई स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू विमानस्थलमा पुग्नेछन् ।
त्यसपछि आज हुने लुम्बिनी लायन्स र कर्णाली याक्सबीच बिहान ९ः०० बजेबाट सुरू हुने पहिलो खेल हेर्नका लागि कीर्तिपुरस्थित मैदानमा पुग्नेछन् ।
केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्डा लाराले कम्तीमा तीनवटा खेल किर्तिपुरस्थित मैदानमा गएर हेर्नेछन् ।
विश्वविख्यात वेस्ट इन्डियन खेलाडी लारा पहिलोपटक नेपाल आउन लागेका हुन् ।