arrow

बाइडेनकी श्रीमतीको तस्बिर ट्रम्पको परफ्युमको विज्ञापनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
trump-jil-biden.jpg

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच डिसेम्बर ७ मा फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता भएको छ ।

दुवै नेता नोट्रेडेम क्याथेड्रल चर्चको उद्घाटन समारोहमा सहभागी हुन यहाँ पुगेका थिए । क्याथेड्रल चर्च आगलागी भएको पाँच वर्षपछि पुनर्निर्माण गरिएको छ।

भेटपछि डोनाल्ड ट्रम्पले जिल बिडेनसँगको आफ्नो तस्बिर शेयर गरेका छन् । यो तस्बिर ट्रम्पले आफ्नो परफ्युमको प्रचारका लागि प्रयोग गरेका थिए । ट्रम्पले यसको क्याप्सनमा लेखेका थिए - यस्तो सुगन्ध जसलाई तपाईका शत्रुले पनि रोक्न सक्दैनन् ।

ट्रम्पको यो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा मेम्स पनि बनाइएको छ । यस्तै एउटा मेममा यस्तो लेखिएको थियो कि तपाईले जिल जस्तो देखिने व्यक्ति खोज्नुपर्छ। यो मेम शेयर गर्दै ट्रम्पले लेखे –जिल धेरै राम्रो छ। उहाँसँग धेरै राम्रो कुराकानी भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ