arrow

चौध करोडमा कुश्माको नयाँ भवन बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
Kusma nagarpalika.jpg

पर्वत । कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ ।

नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरे । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ ।

साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ ।

महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ