पुस २ गतेसम्म बिहान ८ देखि साँझ ६ बजेसम्म सवारी बन्द
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
639
Shares
पोखरा । पोखरा-मुग्लिन सडकअन्तर्गत पोखरा-कोत्रे खण्ड पॉच दिन अवरुद्ध हुने भएको छ ।
जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि सडक बन्द गरिएको बताइन्छ ।
आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।