arrow

गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा शपथ ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
sunita-thapa-gandaki.jpg

पोखरा । गण्डकी प्रदेशसभा सदस्य सुनीता थापाले शुक्रबार शपथ ग्रहण गरेकी छन् ।

नेपाली कांग्रेसकी समानुपातिक तर्फबाट निर्वाचित थापालाई प्रदेशसभा सचिवालायमा सभामुख कृष्णप्रसाद धितालले शपथ गराएका हुन् ।

प्रदेशसभा सदस्य म्याग्दीकी विमला गौचनको कात्तिक २८ गते निधन भएपछि खाली भएको पदमा थापा चयन भएकी हुन् ।

श्रवणशक्ति गुमेका कारण अरुले बोलेका कुरा सुनीताले सुन्न सक्दिनन् ।

गण्डकी प्रदेशसभामा अपांगता भएकाका व्यक्तिबाट अब सुनीताले नै प्रतिनिधित्व गर्ने भएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ