arrow

एनपीएलको प्लेअफ समीकरण बन्दै

 पोखरा प्लेअफ होडबाट बाहिरियो, काठमाडौँको सम्भावना कायम [फोटोफिचर]

जनकपुर र चितवन भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
npl-pok-kat-2024-(21).jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको २४ औँ खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । पोखरालाई काठमाडौँ गुर्खाजले ६ विकेटले हराएको हो । 

यो जितसँगै काठमाडौँको प्लेअफ सम्भाबना कायम रहेको छ भने पोखरा एक खेलअघि नै बाहिरिएको छ । 

जितका लागि १३९ रनको चुनौती पछ्याएको काठमाडौँले १४.१ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । 

स्टेफेन इस्किनाजीले ३४ बलमा ६० रन बनाए । त्यस्तै मिचेल लेभिटले ३२, भिम शार्कीले २२ तथा गेहार्ड इरास्मसले अविजित रहँदै २५ रन बनाए । 

पोखराका बिपिन खत्रीले ३ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ८ विकेटको क्षतिमा १३८ रन बनायो । 

रेमन राइफरले ३० बलमा अविजित रहँदै ४१ तथा दिनेश खरेलले २५ बलमा ३८ रन बनाए । 

करण केसी र रसिद खानलले ३–३ विकेट लिए । 

आजको दोस्रो खेल
आजको दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्नेछन् । यो खेल जित्दा जनकपुर क्वालिफायरमा पुग्नेछ भने चितवनले जित हासिल गर्दा प्लेअफ पक्का गर्नेछ । 

 अंक तालिका
६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ । 

कर्णाली ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । चितवन ६ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ६ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा छ । विराटनगर किंग्स ६ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

पोखरा एभेन्जर्स ६ खेलबाट ४ अंकसहित सातौँ तथा लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित पुछारमा रहेको छ । 

यसअघिका खेल
–२३ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो । 

– २२ औँ खेलमा लिगको अन्तिम खेल खेलेको लुम्बिनी लायन्सले कर्णाली याक्ससँग ५ रनको हार बेहोर्यो । 
–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो । 
–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । 

–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो । 

–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए । 

–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ । 

–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ । 

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो । 

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । 
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । 

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 

npl-pok-kat-2024 (1).jpg
npl-pok-kat-2024 (2).jpg
npl-pok-kat-2024 (3).jpg
npl-pok-kat-2024 (4).jpg
npl-pok-kat-2024 (5).jpg
npl-pok-kat-2024 (6).jpg
npl-pok-kat-2024 (7).jpg
npl-pok-kat-2024 (8).jpg
npl-pok-kat-2024 (9).jpg
npl-pok-kat-2024 (10).jpg
npl-pok-kat-2024 (11).jpg
npl-pok-kat-2024 (12).jpg
npl-pok-kat-2024 (13).jpg
npl-pok-kat-2024 (14).jpg
npl-pok-kat-2024 (15).jpg
npl-pok-kat-2024 (16).jpg
npl-pok-kat-2024 (17).jpg
npl-pok-kat-2024 (18).jpg
npl-pok-kat-2024 (19).jpg
npl-pok-kat-2024 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ