arrow

काठमाडौँ महानगरले मनायो दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
kathmandu-metro-30th-day.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३०औँ महानगर दिवस २०८१ मनाएको छ । शनिबार विशेष कार्यक्रमको आयोजना गरी महानगरले तीसौँ महानगर दिवस मनाएको हो । 

राष्ट्रिय सभागृहमा आयोजित समारोहमा दुई सय ३६ जना परम्परागत बाजा गुरूहरूलाई जनही रू ३० हजारसहित सम्मान गरियो । उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरूहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित गृरूहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरू र ५४ जना दाफा खिं गुरू छन् । 

गुंलाबाजं व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिस हुनुभएका २५ टोलका एक–एकजना गुरू, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक–एकजना नायःखिं बाजं गुरू, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस भएका १५ जना गुरू छन् ।

यस्तै, केन्द्रीय मानन्धर सङ्घबाट सिफारिस हुनुभएका तीन टोलका तीनजना र विभिन्न सङ्घसंस्थाहरूबाट सिफारिस हुनुभएका सातजना बाजा गुरूलाई सम्मान गरिएको हो । 

कार्यक्रममा उपप्रमुख डङ्गोलले, परम्परागत वादनमा किशोरी र युवतीको सङ्ख्या बढ्दै गएको बताए । “वादनसँगै सांस्कृतिक क्रियाकलापमा महिलाको उपस्थिति स्वीकार गरिएको छ ।

यसबाट जात्रापर्वहरू लैङ्गिकमैत्री बन्दै गएका छन्”, उनले थप्दै भने, “परम्परागत वाद्य गुरूहरूको यसमा ठूलो भूमिका छ । महिलाहरूलाई प्रोत्साहन गर्न गुरूहरूले नानीहरू, किशोरीहरू र महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ ।” 

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाजा गुरूहरूको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । 

“वादन संस्कार बचाउन नेवार समुदायका धेरै व्यक्तिले रोजगारीमा जान पाएका छैनन् । गएकाहरूले पनि पेसालाई नियमित गर्न सकेका छैनन् ।

यो अवस्थालाई बुझ्न सकिएन भने संस्कार बचाउन सकिँदैन भन्ने महसुस गरेर बाजा गुरूहरूको सम्मान कार्यक्रम थालिएको हो,” समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने ।

कार्यक्रममा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । विजेताहरूलाई क्रमशः रू ६ हजार, पाँच हजार र चार हजार नगदसहित पुरस्कृत गरिएको थियो । 

kathmandu-metro-30th-day (1).jpg
kathmandu-metro-30th-day (2).jpg
kathmandu-metro-30th-day (3).jpg
kathmandu-metro-30th-day (4).jpg
kathmandu-metro-30th-day (5).jpg
kathmandu-metro-30th-day (6).jpg
kathmandu-metro-30th-day (7).jpg
kathmandu-metro-30th-day (8).jpg
kathmandu-metro-30th-day (9).jpg
kathmandu-metro-30th-day (10).jpg
kathmandu-metro-30th-day (11).jpg
kathmandu-metro-30th-day (12).jpg
kathmandu-metro-30th-day (13).jpg
kathmandu-metro-30th-day (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ