arrow

रहेनन् काठमाडौँ महानगरका पूर्वमेयर सिंह

श्रद्धाञ्जलिका लागि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
pl-shingh.jpg

काठमाडौँ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ ।

उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए । 

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेसम्म निवास चाक्सीबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ ।

उनको आजै अन्त्येष्टि गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ