फाइनल प्रवेशका लागि जनकपुरले दिएको १४० रनको चुनौती पछ्याउँदै सुदूरपश्चिम
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
791
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पहिलो क्वालिफायरमा अहिले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिडिरहेका छन् । जितका लागि सुदूरपश्चिमले १४० रनको मध्यम चुनौती पछ्याउँदैछ ।
खेलमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनायो । जेम्स नीशमले सर्वाधिक २३ बलमा ४५ रन बनाएको इनिङ्समा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले २९ रन खर्चेर ३ तथा सैफ जैबले २ विकेट लिए ।
आजको खेलको विजेताले फाइनलमा शनिबार दोस्रो क्वाफिफायरको विजेतासँग खेल्नेछ ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टिम र इलिमिनेटर खेलको विजेता कर्णाली याक्स भिड्ने छन् ।
कर्णालीले आजै भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
दोस्रो क्वालिफायर बिहीबार मध्यान्ह १२ बजे शुरु हुनेछ ।
यसअघिका खेलहरुको नतिजा इलिमिनेटर–
इलिमिनेटर खेलमा कर्णाली याक्स र चितवन राइनोज भिडे । चितवनले लिगमा तेस्रो तथा कर्णाली चौथो हुँदै इलिमिनेटर खेलेका हुन् ।
खेलमा कर्णाली २१ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन बनायो ।
जयकिशन कोल्सवालाले ५३ तथा चाडविक बोसिस्टोले ५२ रन बनाए । चितवनका सोहेल तन्भिरले २ विकेट लिए ।
जवाफमा चितवनले ९ विकेटको क्षतिमा १५४ रनमात्र बनाउन सक्यो । रवि बोपाराले ५३ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
हारसँगै चितवन एनपीएलको चौथो हुँदै बाहिरियो । चितवनले १५ लाख रुपैयाँ पुरस्कार जितेको छ ।
उपाधि विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ पाउने छ ।
यस्तो थियो लिग चरणको सबै २८ खेलको नतिजा
–२८ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हराएको हो ।
–२७ औँ खेलमा पोखरा एभेन्जर्समाथि पाँच रनको रोमाञ्चक जित हासिल गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ ।
–२६ औँ खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको छ ।
– २५ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई चितवन राइनोजले ३२ रनले पराजित गरेको हो ।
–२४ औँ खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । पोखरालाई काठमाडौँ गुर्खाजले ६ विकेटले हराएको हो ।
–२३ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो ।
– २२ औँ खेलमा लिगको अन्तिम खेल खेलेको लुम्बिनी लायन्सले कर्णाली याक्ससँग ५ रनको हार बेहोर्यो ।
–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो ।
–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।
–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए ।
–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ ।
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।
–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।