arrow

हट्याे पृथ्वीराजमार्गकाे अवराेध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
kotre-pokhara-prithivi-rajmarga-rss.jpg
फाइल तस्बिर

पाेखर। पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पोखराको सेतीपुलदेखि तनहुँको जामुने बजारसम्मको अवरोध हटेको छ ।

मङ्सिर २८ देखि गरिएको अवरोध बुधबारबाट हटेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिए ।

पाेखरादेखि कोत्रेखोलाको पुलसम्म स्तरोन्नति कार्य भइरहेकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले पाँच दिन बन्द गरिएकोमा बुधबारबाट सुचारु गरिएको उनले जानकारी दिए ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो । अवरोध हटेपछि यात्रुलाई आवतजावतका लागि सहज भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ