arrow

चौथो महिला साफ च्याम्पियनसिपः नेपाल माल्दिभ्स भिड्दै

नेपाल सेमिफाइनलमा पुग्न आतुर

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
Players-during-Training-Session-in-Siligudi-(5).jpeg
सिलिगुडी । भारतको सिलिगुडीमा जारी चौथो महिला साफ च्याम्पियनसिप फुटबलको आप्mनो खेलमा नेपालले बुधबार साँझ माल्दिभ्ससंग खेल्दैछ । पहिलो खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो भने माल्दिभ्सले श्रीलंकामाथि ५–२ को विजयी नतिजा ल्याएको थियो । 
नेपालका मुख्य प्रशिक्षक कुमार थापाले यो नतिजालाई हेर्दै बुधबारको खेल ०–० बाट खेल्नुपर्ने बताएका छन् । दुवै टोलीको अंकको अवस्था एउटै भएकाले माल्दिभ्स विरुद्धको खेलमा अलि बढी मेहनत गर्नुपर्ने उनको भनाइ छ । 
 
 
माल्दिभ्सले पनि यो खेल जितेर सेमिफाइनलमा ठाउँ बनाउन चाहने भएकाले पनि उसलेसमेत राम्रो प्रदर्शन गर्ने थापाको भनाइ छ । 
 
नेपाल भने धेरै आशावादी छ । उसले एक खेल खेल्नुअघि नै अन्तिम चारमा ठाउँ बनाउन चाहन्छ । तर प्रशिक्षक थापा भने माल्दिभ्स र श्रीलंकाबीचको खेल हेरेपछि माल्दिभ्सका खेलाडी अलि बलिया र फिटनेस राम्रो भएकाले पनि अलि सतर्क भएर खेल्नुपर्ने बताउँछन् । 
नेपालले माल्दिभ्सलाई हराउन रणनीतिक र प्राविधिक दुवै क्षेत्रलाई बलियो बनाउनु पर्ने धारणा राख्छन् । 
 
भुटानविरुद्ध पाँच गोल गरेकी साबित्रा भण्डारी भने झनै आक्रामक खेल्ने बताउँछिन् । हौसिएकी साबित्रा भन्छिन्, ‘हाम्रो टिम निकै राम्रो छ, हामी सबैले आपसमा बुझेका छौं, तसर्थ माल्दिभ्स विरुद्धको खेलमा पनि नतिजा हाम्रै पक्षमा आउने छ ।’
 
 
कप्तान रेनुका नगरकोटीले दुवै टिमले जितेर सेमिफाइनलमा ठाउँ बनाउने भएकाले खेल निकै कडा हुने बताउँछिन् । उनी भन्छिन्, ‘माल्दिभ्स भुटानभन्दा निकै कडा टिम हो, तर हामीले कसैले औंला नठडाउने गरी राम्रो खेल्छौं ।’
 
समूह ए मा रहेको नेपालले एक खेल जितेर शीर्ष स्थानमा छ । गोलअन्तरमा माल्दिभ्स दोस्रो स्थानमा छ । जितविहीन श्रीलंका र भुटान भने लगभग बाहिरिने अवस्थामा छन् । 
 
नेपाल र माल्दिभ्सबीचको खेल बुधबार साँझ ६ः४५ बजे कञ्चनजंगा फुटबल मैदानमा हुँदैछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ