arrow

विश्वकप खेल्ने महिला यू–१९ विश्वकपको टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध रङ्गशालामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
u-19-nepal-final-winner.jpg
तस्बिर – फाइल ।

चितवन । मलेसियामा आगामी जनवरी १८ तारिखदेखि हुने महिला यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए । 

यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट सङ्घ (क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताइन् । 

उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यू–१९ विश्वकपका खेल यही रङ्गशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताइन् । यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् । 

यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रङ्गशालामा प्रशिक्षण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ